बारा, ३१ भदौ । नेपाल र बंगलादेशको राष्ट्रिय क्रिकेट टोलीबीच ३ खेलको ऐतिहासिक टी-२० अन्तर्राष्ट्रिय शृंखला आयोजना हुने भएको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा सञ्चालन हुने खेलहरू आगामी सन् २०२७ को मार्च २६, २८ र ३० (२०८३ चैत १२, १४ र १६) गते आयोजना हुने तय भएको छ।
घरेलु मैदानमा टेस्ट मान्यता प्राप्त टोली बंगलादेशविरुद्धको यो शृंखलाले नेपाली क्रिकेटको विकास र अन्तर्राष्ट्रिय छवि उच्च बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।





