Thursday, September 17, 2026

बारामा विद्युत् सर्टबाट आगलागी

Advertisement
Advertisement

बारा,०१ असोज । बाराको कलैया उपमहानगरपालिका–११ मा विद्युत् सर्ट भएर आगलागी हुँदा करिब ५ देखि ७ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

स्थानीय हनुमान प्रसाद साहको घरमा बुधबार राति करिब १ बजे विद्युत् सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

आगलागीमा परी एउटा बाछो, एउटा भैँसीको पाडो र दुईवटा बाख्रा जलेका छन्। प्रारम्भिक अनुसन्धानका क्रममा आगलागीबाट करिब ५ देखि ७ लाख रुपैयाँ बराबरको क्षति भएको खुलेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर