Thursday, September 17, 2026

भदौको करदाता प्रोत्साहन विजेता घोषणा, २ सयको सामान किन्दा १० लाख

Advertisement
Advertisement

बारा, ०१ असोज । सरकारले भदौ महिनाका लागि करदाता प्रोत्साहन उपहार कार्यक्रमको नतिजा सार्वजनिक गरेको छ।

आन्तरिक राजस्व विभागले आज दुई जना भाग्यशाली ग्राहकका लागि जनही रु. १०/१० लाखको बम्पर उपहार र अन्य ३१ जनाका लागि जनही रु. १/१ लाखको नगद उपहार घोषणा गरेको हो। सामान्यतया विभागले हरेक १५/१५ दिनमा यो उपहारको नतिजा सार्वजनिक गर्दै आएको भए पनि यस पटक देशमा आएको बाढीपहिरोको असहज परिस्थितिका कारण मासिक रूपमा एकैपटक घोषणा गरिएको विभागले जनाएको छ।

यस पटकको १० लाख रुपैयाँको बम्पर उपहार जित्ने दुवै ग्राहकको विवरणसमेत विभागले सार्वजनिक गरेको छ। कात्यानी पोलिक्लिनिकबाट मात्र रु. २०० को सामान खरीद गरी नियमानुसार बिल लिएका एक ग्राहकले १० लाख रुपैयाँको पहिलो बम्पर उपहार जितेका छन्। त्यसैगरी, सुनिता फेन्सी स्टोरबाट रु. ७ हजारको सामान किनेका अर्का ग्राहकले पनि १० लाख रुपैयाँकै दोस्रो बम्पर उपहार प्राप्त गर्न सफल भएका छन्।

यसबाहेक, उपभोक्ताहरूलाई खरीद गर्दा अनिवार्य रूपमा बिल लिने बानीको विकास गराउने उद्देश्यले सञ्चालित यो योजनाअन्तर्गत अन्य ३१ जना ग्राहकलाई दैनिक रु. १ लाखका दरले कुल ३१ लाख रुपैयाँको उपहार परेको छ।

सर्वसाधारणलाई करको दायरामा जोड्न र आर्थिक पारदर्शिता कायम गर्न सरकारले ल्याएको यो करदाता प्रोत्साहन कार्यक्रमले आम उपभोक्तालाई खरिदका क्रममा बिल माग्न थप प्रोत्साहित गर्ने विश्वास लिइएको छ।

null

null

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर