Thursday, September 17, 2026

बारामा भारतबाट अवैध रूपमा ल्याइएका कुखुराका चल्ला बरामद

Advertisement
Advertisement

बारा, १ असोज । बारामा सशस्त्र प्रहरीले भारतबाट अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याइएका कुखुराका चल्ला, मोटरसाइकल र साइकल बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हेडक्वार्टर बाराका अनुसार बिहीबार बिहान करिब ६ः३० बजे सुवर्ण गाउँपालिका–७ चौरहिया क्षेत्रमा बिओपि दक्षिणझिट्कैयाबाट खटिएको मोटरसाइकल गस्ती टोलीले भारतबाट ल्याउँदै गरिएको ७ कार्टुन बोइलर कुखुराका चल्ला बरामद गरेको हो।

सशस्त्र प्रहरी सहायक निरीक्षक शखिचन मोचीको कमाण्डमा खटिएको चार जनाको टोलीलाई देखेपछि चल्ला ल्याउने व्यक्ति भारतीय नम्बरको बीआर ०५ ई ९२२९ मोटरसाइकल सोहि स्थलमै छाडेर फरार भएको सशस्त्र प्रहरीले जनाएको छ। बरामद चल्लाको अन्दाजी मूल्य ४५ हजार ५ सय रुपैयाँ र मोटरसाइकलको मूल्य १ लाख रुपैयाँ गरी जम्मा १ लाख ४५ हजार ५ सय रुपैयाँ बराबरको सामान बरामद भएको हो।

यसैगरी, बुधबार बिहान करिब ७ः१५ बजे सिम्रौनगढ नगरपालिका-१ पथलवा घाटस्थित सीमा क्षेत्रमा पनि सशस्त्र प्रहरीले ठूलो परिमाणमा बोइलर कुखुराका चल्ला बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर पिपरपातीबाट सशस्त्र प्रहरी सहायक निरीक्षक जितेन्द्र सिंहको कमाण्डमा खटिएको पाँच जनाको पैदल गस्ती टोलीलाई देखेपछि दुई जना व्यक्तिले भारतबाट दुईवटा साइकलमा ल्याउँदै गरेका १८ कार्टुन (१ हजार ८ सय पिस) बोइलर कुखुराका चल्ला छाडेर फरार भएका थिए।

बरामद चल्लाको अन्दाजी मूल्य १ लाख ८० हजार रुपैयाँ र दुईवटा साइकलको मूल्य ५ हजार रुपैयाँ गरी जम्मा १ लाख ८५ हजार रुपैयाँ बराबर रहेको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि सम्बन्धित सशस्त्र प्रहरी युनिटमा ल्याइएको थियो।दक्षिणझिट्कैया र पथलवा घाटबाट बरामद गरिएका कुखुराका चल्ला आवश्यक प्रक्रिया पूरा गरी नष्ट गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गणका सूचना अधिकारी एवं सशस्त्र प्रहरी नायब उपरीक्षक विक्रममणि अधिकारीले जानकारी दिए।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर