Saturday, September 19, 2026

गढीमाई क्षेत्रबाट ब्राउन सुगरसहित युवक पक्राउ

Advertisement
Advertisement

बारा, ०३ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–७ स्थित गढीमाई मन्दिर नजिकैबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित पर्सा, वीरगन्ज महानगरपालिका–३१ का २० वर्षीय दिपु राउत कुर्मीलाई नियन्त्रणमा लिएको छ।

सडकको बायाँतर्फ रहेको सर्भिस लेनमा इलाका प्रहरी कार्यालय जीतपुरका प्रहरी वरिष्ठ नायब निरीक्षक उमेश निरौलाको कमाण्डमा खटिएको चार सदस्यीय टोलीले शंकास्पद अवस्थामा भेटिएका कुर्मीलाई रोकेर जाँच गर्दा उनको साथबाट कालो प्लास्टिकमा प्याक गरिएको करिब एक ग्राम ब्राउन सुगर बरामद गरेको हो।

पक्राउ परेका कुर्मीलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय जीतपुरमा राखिएको छ ।

घटनासँग जोडिएका लागूऔषधको स्रोत र अन्य सम्भावित कारोबारकर्ताहरूबारे पनि प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर