Saturday, September 19, 2026

५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ

Advertisement
Advertisement

बारा, ०३ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका दुई छुट्टाछुट्टै स्थानमा पाँच वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

जीतपुरसिमरा उपमहानगरपालिका–१९ इनर्वासिराबाट ७५ वर्षीय हसन जान मियाँलाई बिहीबार राति र जीतपुरसिमरा–१ पथलैयाबाट १४ वर्षीय नाबालकलाई शुक्रबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो।

पीडित बालिकाका अभिभावकले घटनाबारे खबर गरेलगत्तै प्रहरी चौकी पथलैया र इलाका प्रहरी कार्यालय सिमराको टोलीले आरोपीहरूलाई उनीहरूकै घरबाट पक्राउ गरेको जनाएको छ। प्रारम्भिक सोधपुछका क्रममा पक्राउ परेका १४ वर्षीय नाबालकले आफ्नो कसुर स्वीकार गरे तापनि घटनाको सत्यतथ्य अनुसन्धान तथा स्वास्थ्य परीक्षणपछि मात्रै स्पष्ट हुने प्रहरीको भनाइ छ।

दुवै आरोपीहरूलाई हाल इलाका प्रहरी कार्यालय सिमराको हिरासतमा राखि अनुसन्धान अघि बढाइएको छ। पथलैयाको घटनाका पीडित बालिका र आरोपित नाबालक दुवैलाई एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) सेवा तथा स्वास्थ्य परीक्षणका लागि प्रादेशिक अस्पताल कलैया पठाउने तयारी भइरहेको छ।

स्वास्थ्य परीक्षण प्रतिवेदन र थप अनुसन्धानका आधारमा नियमानुसार कानुनी प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर