Saturday, September 19, 2026

भोटेकोसी बाढी : माथिल्लो त्रिशूली–१ आयोजनाबाट थप ११ जनाको शव फेला

Advertisement
Advertisement

काठमाडौं, ०३ असोज। भाद्र १० गते रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण सम्पर्कविहीन भएका माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका व्यक्तिहरूमध्ये ११ जनाको शव फेला परेको छ।

नेपाली सेनाका अनुसार आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले खोजी गर्ने क्रममा अडिट–३ टनेलको जालीभित्र अल्झिएको तथा हिलोमा दबिएको अवस्थामा शवहरू फेला पारेको थियो।

फेला परेका ११ वटै शवलाई आज, मिति २०८३ असोज ३ गते, उद्धार गरी टनेलबाट बाहिर निकालिएको नेपाली सेनाले जनाएको छ।

बाढीपछि आयोजनाका केही व्यक्ति सम्पर्कविहीन भएपछि नेपाली सेना, आयोजनाका प्रतिनिधिलगायतको संयुक्त टोलीले निरन्तर खोजी तथा उद्धार कार्य गर्दै आएको थियो।

सम्पर्कविहीन अन्य व्यक्तिहरूको अवस्था पत्ता लगाउन थप खोजी तथा उद्धार कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर