Sunday, September 20, 2026

सिमरा हत्या प्रकरण : चक्कु प्रहारमा संलग्न आरोपमा ५ जना पक्राउ

Advertisement
Advertisement

बारा, ०४ असोज। बाराको जितपुरसिमरा उपमहानगरपालिका–२ स्थित सम्झना स्टाफ होटलमा चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको घटनामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

शनिबार साँझ करिब ५ः३० बजे जितपुरसिमरा–२ बस्ने ३५ वर्षीय शेरबहादुर खड्कामाथि जितपुरसिमरा–१६ बस्ने २२ वर्षीय आयुष राईले चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ। चक्कु प्रहारबाट खड्काको घाँटीमा गम्भीर चोट लागेको थियो।

घाइते खड्कालाई तत्काल उपचारका लागि सिमरा नगर अस्पताल लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि वीरगन्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पताल पठाइएकोमा साँझ ६ः४० बजे उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टको कमाण्डमा SOCO सहितको टोली घटनास्थलमा पुगेको थियो।

घटनापछि फरार रहेका आयुष राईलाई जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी उपरीक्षक नरेन्द्र कुँवरको कमाण्डमा खटिएको टोलीले राति करिब १० बजे जितपुरसिमरा–१६ महेन्द्रनगरस्थित धानबारीमा लुकीछिपी बसेको अवस्थामा नियन्त्रणमा लिएको हो।

प्रहरीले घटनामा संलग्न रहेको आशंकामा राईसहित अन्य चार जनालाई समेत नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेका पाँचै जनामाथि घटनाको कारण, चक्कु प्रहारको अवस्था तथा अन्य व्यक्तिको संलग्नताबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतक खड्काको शव बयोधा अस्पतालमा राखिएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर