Sunday, September 20, 2026

वीरगन्ज भन्सार कार्यालयद्वारा भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

Advertisement
Advertisement

बारा, ०४ असोज । चालु आर्थिक वर्ष २०८३/८४ को भदौ महिनामा वीरगन्ज भन्सार कार्यालयले रु २३ अर्ब ४६ करोड १५ लाख राजस्व सङ्कलन गरेको छ।

भन्सार कार्यालयका अनुसार यो राजस्व सङ्कलन कार्यालयलाई तोकिएको मासिक लक्ष्यको ९९.७५ प्रतिशत हो।

कार्यालयका प्रवक्ता पूर्णप्रसाद लम्सालले भदौ मसान्तसम्मको कुल सङ्कलनसँगै चालु आवको वार्षिक राजस्व लक्ष्यको १४.५२ प्रतिशत पूरा भइसकेको जानकारी दिएका छन्।

उक्त अवधिमा मूल्य तथा राजस्व योगदानका आधारमा बिस्कुट, दलहन, कपडा तथा लत्ताकपडा, औद्योगिक कच्चा पदार्थ र खाद्यान्न मुख्य रूपमा आयातित वस्तुहरू रहेका छन्।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर