Sunday, September 20, 2026

बारा घर भएका डिएसपी सन्तुलाल प्रसाद जैसवार बागमती प्रदेशको ‘उत्कृष्ट प्रहरी’ घोषित’

Advertisement
Advertisement

बारा, ०४ असोज । सिम्रौनगढ नगरपालिका–११ भगवानपुर निवासी प्रहरी नायब उपरीक्षक सन्तुलाल प्रसाद जैसवार बागमती प्रदेशको ‘उत्कृष्ट प्रदेश प्रहरी (Best Province Police of the Month)’ घोषित भएका छन्।

जिल्ला प्रहरी कार्यालय रामेछापमा कार्यालय प्रमुखको जिम्मेवारीमा कार्यरत प्रहरी नायब उपरीक्षक जैसवारले संगठनको नीति–निर्देशनअनुसार प्रदान गरिएको पेशागत जिम्मेवारी तथा पदीय दायित्वलाई पूर्ण व्यावसायिकताका साथ सम्पादन गर्दै उल्लेखनीय कार्य गरेको भन्दै उनलाई २०८३ साल “भदौ महिनाको उत्कृष्ट प्रदेश प्रहरी” घोषणा गरिएको हो।

जैसवारले रामेछापमा कार्यरत रहँदा ज्यान मार्ने उद्योग, शरीर बन्धक बनाई नगद तथा सुनचाँदी लुटपाटलगायतका आपराधिक घटनामा संलग्न अभियुक्तलाई नियन्त्रणमा लिई सफल अनुसन्धान तथा कानुनी कारबाही अघि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

उनको नेतृत्वमा फरार रहेका विभिन्न मुद्दाका प्रतिवादीलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने, चोरीका सुनका गहना बरामद गर्ने तथा फैसला कार्यान्वयनतर्फ उल्लेखनीय काम भएको जनाइएको छ। साथै आत्महत्या रोकथाम तथा नियन्त्रण, जबर्जस्ती करणी, घरेलु हिंसा, चोरी, महिला हिंसा, मानव बेचबिखन, लागुऔषध दुरुपयोग न्यूनीकरण, लैंगिक हिंसा, बैंकिङ कसुर तथा साइबर अपराध लगायतका विषयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरी जिल्लाको शान्ति सुरक्षालाई सुदृढ बनाउन योगदान पुर्‍याएको उल्लेख छ।

बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले २०८३ असोज २ गते जैसवारलाई प्रशंसापत्र प्रदान गर्दै उत्कृष्ट प्रदेश प्रहरी घोषणा गरेको हो। कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक दिपक रेग्मीले उनलाई प्रशंसासहित सम्मान गरेका छन्।

सिम्रौनगढ–११ भगवानपुरका जैसवारले बागमती प्रदेशकै उत्कृष्ट प्रहरीको सम्मान प्राप्त गरेपछि गृहजिल्ला बाराको समेत प्रतिष्ठा बढेको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर