बारा, ०७ असोज । भारतबाट अवैध रूपमा भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरिएका खाद्यान्न तथा औषधि प्रहरीले बरामद गरेको छ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी विशेष टोलीले वीरगञ्ज महानगरपालिका वडा नं. १६ इनर्वागाउँ र छप्कैया स्थित बाटोबाट ती सामानहरू फेला पारेको हो।
बरामद गरिएका २० लाख लाख ८१ हजार २ सय २० बराबरका खाद्यान्न तथा विभिन्न किसिमका औषधिहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता चक्र बहादुर मल्लले जानकारी दिएका छन्।






