Wednesday, September 23, 2026

असोज ९ गतेदेखि भारी वर्षाको सम्भावना: सतर्कता अपनाउन प्रधानमन्त्रीको अपील

Advertisement
Advertisement

बारा, ०७ असोज  । प्रधानमन्त्री वालेन्द्र शाहले पर्सि असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका विभिन्न भागमा हुन सक्ने भारीदेखि अति भारी वर्षाका कारण उत्पन्न हुने जोखिमप्रति उच्च सतर्कता अपनाउन सम्पूर्ण नागरिकलाई अनुरोध गरेका छन्।

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानलाई उद्धृत गर्दै बुधबार सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै उनले गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा अति भारी वर्षा तथा कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशमा समेत धेरै भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेका हुन। 

प्रधानमन्त्री शाहले विशेष गरी गण्डकीको पोखरा आसपास, लुम्बिनीका पहाडी तथा तराई भूभाग, कोशीको ताप्लेजुङलगायत हिमाली क्षेत्र, बागमतीको पहाडी खण्ड, कर्णालीको जुम्ला आसपास र सुदूरपश्चिमका पहाडी क्षेत्रहरूमा बाढी, पहिरो, डुबान तथा गेग्रान बहावको उच्च जोखिम रहेको औंल्याएका छन् ।

सम्भावित मौसम प्रणालीका कारण सडक र हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकाले पानी परिरहेको अवस्थामा तथा रातिको समयमा राजमार्गमा यात्रा नगर्न र नदी तथा खोलानजिकका बासिन्दालाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

साथै, ट्रेकिङ तथा हिमाली क्षेत्रको भ्रमणमा जाने योजना बनाएका पर्यटक तथा नागरिकहरूलाई मौसममा सुधार नआएसम्म यात्रा स्थगित वा पुनर्विचार गर्न अनुरोध गर्दै प्रधानमन्त्रीले स्थानीय प्रशासन र मौसम विभागबाट जारी हुने सूचनाहरूलाई नियमित रूपमा पछ्याउन आह्वान गरेका छन्।

सम्भावित विपद्को जोखिम न्यूनीकरणका लागि सम्बन्धित सरकारी निकायहरूलाई पूर्वतयारी, समन्वय र उद्धारका लागि उच्च सतर्कतामा रहन निर्देशन दिइएको प्रधानमन्त्री शाहले जानकारी दिएका छन्।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर