बारा, १३ असोज । नेपाली कांग्रेसको १५औं महाधिवेशन तय गरिएको मितिभन्दा दुई दिन ढिलो गरी सुरु हुने भएको छ।
यसअघि असोज १६ गतेदेखि सञ्चालन गर्ने निर्णय भएको महाधिवेशन अब असोज १८ गतेबाट सुरु हुने भएको हो।
महाधिवेशनको भव्य उद्घाटन काठमाडौंस्थित खुलामञ्चमा गरिने कार्यक्रम रहेको छ। कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले एक विज्ञप्ति जारी गर्दै महाधिवेशनको नयाँ मिति र स्थानबारे आधिकारिक जानकारी गराउनुभएको हो।







