Tuesday, September 29, 2026

भारतीय राजदूत श्रीवास्तवले गरे प्रधानमन्त्री शाहसँग बिदाइ भेट

Advertisement
Advertisement

बारा, १३ असोज । कार्यकाल पूरा गरी भारत फर्किन लागेका नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री वालेन्द्र शाहसँग बिदाइ भेट गरेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार भएको भेटमा प्रधानमन्त्री शाहले नेपाल–भारत सम्बन्ध सुमधुर र प्रगाढ रहँदै आएको बताउँदै हालैका बाढीपहिरो तथा विपद्का समयमा भारतले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे ।

प्रधानमन्त्री शाहले राजदूत श्रीवास्तवलाई कार्यकाल पूरा गरेकोमा बधाई दिँदै आगामी जीवनका लागि शुभकामना व्यक्त गरे ।

भेटमा राजदूत श्रीवास्तवले आफ्नो कार्यकालमा दुई देशबीच विभिन्न विकास परियोजना सम्पन्न भएको जानकारी गराउँदै नेपाल बसाइका क्रममा सहयोग गर्ने नेपाल सरकार तथा नेपाली जनताप्रति धन्यवाद व्यक्त गरे ।

प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार भेटमा दुई देशबीचको सम्बन्धका विविध विषयमा समेत कुराकानी भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर