Wednesday, September 30, 2026

जापान पठाउने भन्दै १ करोडभन्दा बढी ठगी गर्ने कन्सल्टेन्सी सञ्चालक पक्राउ

Advertisement
Advertisement

बारा, १४ असोज । वैदेशिक रोजगारीका क्रममा आकर्षक तलबको प्रलोभन देखाएर जापान पठाइदिन्छु भन्दै करोडौँ रुपैयाँ ठगी गरेको अभियोगमा नीम एजुकेसन कन्सल्टेन्सी प्रा. लि. का सञ्चालक २६ वर्षीय दिप बहादुर तामाङ पक्राउ परेका छन्।

ललितपुरको महालक्ष्मी नगरपालिका-५ मा बस्दै आएका र रामेछाप लिखु तामाकोशी गाउँपालिका-१ स्थायी घर भएका तामाङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको प्रहरी टोलीले ललितपुरबाट सोमबार पक्राउ गरेको हो। 

प्रहरीका अनुसार तामाङले १५ जना युवायुवतीबाट कुल १ करोड १ लाख रुपैयाँ रकम असुल गरी सम्पर्कविहीन भएको भन्दै पीडितहरूले उजुरी दिएका थिए।

सोही उजुरीका आधारमा खोजतलास गरी उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ परेका तामाङलाई थप अनुसन्धान तथा कानुन बमोजिम आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर