Monday, October 5, 2026

मोटरसाइकल दुर्घटनामा घाइते योगगुरु राजमणी खनालको उपचारका क्रममा निधन

Advertisement
Advertisement

बारा, १९ असोज। मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका निजगढ नगरपालिका–६ का पतञ्जली योगगुरु राजमणी खनालको उपचारका क्रममा निधन भएको छ।

दुई दिनअघि दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा गम्भीर घाइते भएका खनालको काठमाडौंको बाँसबारीस्थित न्युरो अस्पतालमा उपचारका क्रममा सोमबार दिउँसो निधन भएको हो।

दुर्घटनापछि खनाललाई तत्काल उपचारका लागि वीरगञ्जस्थित न्युरो अस्पताल लगिएको थियो। वीरगञ्जमै शल्यक्रिया गरिए पनि स्वास्थ्य अवस्थामा सुधार नआएपछि थप उपचारका लागि सोमबार बिहान काठमाडौं लगिएको थियो। काठमाडौं पुर्‍याइएको केही समयमै उपचारका क्रममा उनको निधन भएको बताइएको छ।

खनाल पतञ्जली योग अभियानमा सक्रिय रहँदै योग प्रशिक्षण तथा जनचेतनामूलक गतिविधिमा समेत संलग्न थिए। उनी निजगढ नगरपालिका–९ स्थित स्वतन्त्र सहकारी संस्थामा कर्मचारीका रूपमा समेत कार्यरत थिए।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर