Sunday, October 18, 2026

नेपाल टेलिकम एनपिएलको प्रायोजक

Advertisement
Advertisement

बारा, ०१ कात्तिक । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को प्रायोजन गर्ने भएको छ।

टेलिकमकी प्रबन्ध निर्देशक सङ्गीता पहाडी र क्यानका महाप्रबन्धक उत्सव ढुङ्गानाले सम्झौता पत्रमा हस्ताक्षर गरेपछि यो साझेदारी औपचारिक रूपमा तय भएको हो।

कार्यक्रममा टेलिकमका प्रमुख प्राविधिक अधिकृत डिल्लीराम अधिकारीले कम्पनीले विगतदेखि नै राष्ट्रिय खेलकुद र क्रिकेट क्षेत्रमा सहयोग गर्दै आएको स्मरण गराउँदै, यस सहकार्यले देशमा क्रिकेटको संस्थागत विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।

आगामी कात्तिक ९ गतेदेखि मङ्सिर ५ गतेसम्म त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सञ्चालन हुने यस प्रतियोगितालाई भव्य रूपमा सम्पन्न गर्न यो प्रायोजनले विशेष भूमिका खेल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर