Monday, October 19, 2026

लिग–२ मा आज ओमानसँग प्रतिस्पर्धा गर्दै नेपाल, ओडीआई मान्यता जोगाउन जित्नै पर्ने दबाब

Advertisement
Advertisement

बारा, ०२ कात्तिक । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग– २ को आफ्नो अन्तिम तथा निर्णायक खेलमा आज नेपालले घरेलु टोली ओमानको सामना गर्दै छ।

ओमानस्थित अल अमारात क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान ११:१५ बजेदेखि सुरु हुने यस खेल नेपालका लागि निकै महत्त्वपूर्ण मानिएको छ।

लिग–२ को तालिकामा खराब प्रदर्शन गर्दै आएको नेपाललाई शीर्ष ६ भित्र पर्दै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम राख्न आजको खेलमा स्पष्ट जित हासिल गर्नुपर्ने बाध्यता छ।

अंक तालिकाको सातौँ स्थानमा रहेको नेपालले ३५ खेलबाट २८ अंक जोडेको छ भने छैठौँ स्थानमा रहेको क्यानडाको ३६ खेलबाट २९ अंक छ।

आजको खेल जित्न सके नेपाल २ अंक जोड्दै ३० अंकका साथ छैठौँ स्थानमा उक्लिएर ओडीआई मान्यता सुरक्षित गर्नेछ, भने पराजित भएमा वा अंक बाँड्नु परेमा नेपाल सातौँ स्थानमै सीमित हुनेछ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर