वीरगञ्ज, २ कात्तिक। वीरगञ्जमा आयोजित दशैं मेलामा सहभागी युवतीहरूमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बाराको विश्रामपुर गाउँपालिका–४, बलिरामपुर निवासी ज्योतीलाल कलवारका करिब ४५ वर्षीय छोरा अखिलेश कुमार साह रहेका छन्।
प्राप्त विवरणअनुसार, आइतबार राति मादक पदार्थ सेवन गरी मेला हेर्न आएका साहमाथि त्यहाँ उपस्थित युवतीहरूमाथि दुर्व्यवहार गरेको आरोप लागेको छ। घटनापछि अस्थायी प्रहरी पोस्ट घण्टाघरबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारबाहीका लागि वडा प्रहरी कार्यालय बिर्तामा बुझाएको जनाइएको छ।
पीडित पक्षसँग समन्वय गर्दै वडा प्रहरी कार्यालय बिर्ताले घटनासम्बन्धी मुद्दा दर्ताको प्रक्रिया अघि बढाएको बताइएको छ।घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ।





