Monday, October 19, 2026

फर्पिङबाट लागूऔषधसहित बाराका एक जना पक्राउ

Advertisement
Advertisement

बारा, ०२ कात्तिक । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले फर्पिङस्थित बसपार्क क्षेत्रबाट ठूलो परिमाणको प्रतिबन्धित लागूपदार्थ ट्रामाडोलसहित बाराका एकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बा २० च७५८८ नम्बरको कारको पछाडि डिक्कीमा लुकाइछिपाई ल्याउँदै गरेको ७ हजार २ सय ८० (७२८०) क्याप्सुल ट्रामाडोल बरामद गरेको प्रहरीले जनाएको छ। 

बरामद लागूपदार्थसहित पक्राउ पर्नेहरूमा बारा जिल्लाको कलैया उपमहानगरपालिका–२३ कोयरिया बस्ने २७ वर्षीय सुदिप पटेल र पर्सा जिल्लाको वीरगञ्ज उपमहानगरपालिका–१७ अलौ बस्ने २७ वर्षीय सुनिल सहनी रहेका छन्।

प्रहरी उपरीक्षक तथा सूचना अधिकारी दानबहादुर थापाका अनुसार नियन्त्रणमा लिइएका दुवै जनामाथि हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर