Thursday, October 22, 2026

एनपीएलका सबै खेललाई आईसीसीको मान्यता, नेपाली क्रिकेटको उचाइ बढ्ने अपेक्षा

Advertisement
Advertisement

काठमाडौं, ०५ कार्तिक। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै खेलले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट आधिकारिक मान्यता पाएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले प्रेस विज्ञप्तिमार्फत सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एसबीएल एनपीएल) का सम्पूर्ण खेलले लिस्ट ‘ए’ टी–२० को मान्यता प्राप्त गरेको जनाएको हो।

आगामी अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगिता क्यानले आयोजना गर्दैछ।

एनपीएलका सबै खेलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेटको व्यावसायिकता र अन्तर्राष्ट्रिय पहिचान थप मजबुत हुने अपेक्षा गरिएको छ। यसले खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै नेपाली क्रिकेटको स्तर उकास्नसमेत महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास क्यानले लिएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर