बारा, ०५ कात्तिक । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीभित्र रहेको फर्नेस आयल ट्यांकीमा विद्युत् सर्ट सर्किट भई भीषण आगलागी भएको छ।
आज बिहीबार राति करिब ०१:३० बजे फलाम कारखानाका इन्जिनमा प्रयोग हुने तेल (फर्नेस आयल) राखिएको २ लाख लिटर क्षमताको ट्यांकीमा एक्कासि आगलागी हुँदा करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको प्रारम्भिक भौतिक क्षति भएको छ।
घटनाको सूचना पाउँछ नै इलाका प्रहरी कार्यालय खजुरा खुर्द, बाँकेबाट प्रहरी टोली तत्काल घटनास्थलमा खटिएको थियो। नेपाल प्रहरी, स्थानीय बासिन्दा तथा दमकलको संयुक्त र निरन्तर प्रयासपछि करिब एक घण्टाभित्रै (बिहान ०२:३० बजे) आगोलाई पूर्ण रूपमा नियन्त्रणमा लिन सफल भइएको छ।
समयमै आगो नियन्त्रणमा आएकाले उद्योगका अन्य क्षेत्रमा थप ठूलो क्षति हुनबाट जोगिएको छ भने घटनामा कुनै पनि मानवीय क्षति भएको छैन। आगलागीको कारण र क्षतिको पूर्ण विवरणबारे प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ।





