बारा, ०९ कात्तिक । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको छ।
प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थितिमा उद्घाटन गरिएको यस प्रतियोगिताको पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।
यस निर्णयसँगै उपविजेता सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्दै लुम्बिनी लायन्सलाई लक्ष्य प्रस्तुत गर्नेछ।
मंसिर ५ गतेसम्म चल्ने ३२ खेलको यस प्रतियोगितामा लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, विराटनगर किङ्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, पोखरा एभेन्जर्स, कर्णाली याक्स र काठमाडौं गोर्खाज गरी ८ वटा फ्रेन्चाइज टोलीहरूले प्रतिस्पर्धा गर्दैछन्।





