Friday, October 30, 2026

रोमानिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

Advertisement
Advertisement

बारा, १३ कात्तिक । आकर्षक तलबको प्रलोभन देखाएर रोमानिया र क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्।

जुम्ला घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका-५ बस्ने ३६ वर्षीय बिरेन्द्र शाहीलाई प्रहरीले बुधबार पक्राउ गरेको हो। अभियुक्त शाहीले रोमानिया र क्रोएसिया पठाइदिने बहानामा ८ जना पीडितहरूबाट कुल १८ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए।

पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको विशेष टोलीले उनलाई भक्तपुरको सूर्यविनायकबाट पक्राउ गर्न सफल भएको हो।

पक्राउ परेका शाहीलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर