Friday, October 30, 2026

निर्देशन पालना नगरेको भन्दै एन–प्याब्सन निलम्बन

Advertisement
Advertisement

काठमाडौ, १३ कात्तिक। नेपाल सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) लाई निलम्बन गरेको छ। राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम सरकारले दिएको निर्देशन पटक–पटक पालना नगरेको भन्दै गृह मन्त्रालयले संस्थालाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरेको हो।

गृह मन्त्रालयले सार्वजनिक गरेको सूचनाअनुसार राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ५ बमोजिम मन्त्रालयबाट दिइएको निर्देशन बारम्बार पालना नगरेको तथा संस्थाका पदाधिकारीहरूले नेपाल सरकारबाट स्वीकृत विधान र संस्थाको मूल उद्देश्यविपरीतका कार्यसमेत गरेको पाइएको छ।

यस विषयमा मन्त्रालयले सम्बन्धित सरोकारवाला पक्षसँग २०८३ असार २३ गते छलफल गरी राष्ट्रिय निर्देशन ऐन, २०१८ तथा मन्त्रालयबाट २०८२ मंसिर १२ गते जारी निर्देशनबमोजिम काम गर्न आग्रह गरेको थियो। तर, उक्त निर्देशनअनुसार कार्य गरेको नदेखिएपछि ऐनको दफा ५ बमोजिमको निर्देशन पालना नगरेको ठहर गर्दै दफा ६ को उपदफा (२) अनुसार एन–प्याब्सनलाई निलम्बन गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले जारी गरेको सूचनामा अर्को निर्णय नभएसम्मका लागि एन–प्याब्सन निलम्बनमा रहने उल्लेख छ। साथै, सूचना जारी भएपछि संस्थाको नाममा कुनै समूह वा गुटबाट हुने गतिविधि गैरकानुनी हुने र त्यस्तो गतिविधि भएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिइएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर