Tuesday, November 3, 2026

नेपाल रेल्वे बोर्डद्वारा रेल चालक पदका लागि आवेदन आह्वान

Advertisement
Advertisement

बारा, १६ कात्तिक । नेपाल रेल्वे बोर्डले नेपालमा रेल सेवा सञ्चालनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन नेपाली रेल चालक (लोकोपाइलट)को सूचीकरणका लागि आवेदन आह्वान गरेको छ।

बोर्डले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट दरखास्त माग गरेको हो।

स्वदेशी जनशक्तिलाई नै प्राथमिकता दिँदै रेल सेवा सञ्चालनका लागि दक्ष, योग्य, इमानदार तथा जिम्मेवार रेल चालकहरू तयार पार्ने उद्देश्यले यो प्रक्रिया अघि बढाइएको बोर्डले जनाएको छ।

सूचनाअनुसार योग्यता पुगेका उम्मेदवारहरूले आजदेखि आगामी मङ्सिर २१ गते (सूचना प्रकाशित भएको ३५ दिन) भित्र आफ्नो दरखास्त पेस गरिसक्नुपर्नेछ।

आवेदनका साथमा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्र, मान्यताप्राप्त संस्थाबाट प्राप्त रेल चालकको लाइसेन्सको प्रतिलिपि तथा तालिम र अनुभवसम्बन्धी प्रमाणपत्रहरू अनिवार्य रूपमा पेस गर्नुपर्ने रेलवे बोर्डले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर