Tuesday, November 3, 2026

बाराबाट रौतहटतर्फ जाँदै गरेको भारतीय मोटरसाइकलबाट १० लाख रुपैयाँ बरामद, एक जना पक्राउ

Advertisement
Advertisement

बारा, १६ कात्तिक । रौतहटको बौधीमाई नगरपालिका–०७ बंकुलस्थित सडकखण्डबाट स्रोत नखुलेको १० लाख रुपैयाँ नगद सहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्।

कात्तिक १६ गते दिउँसो करिब १२:२० बजेको समयमा बाराबाट रौतहटतर्फ जाँदै गरेको BR05AF3787 नम्बरको भारतीय मोटरसाइकललाई प्रहरी चौकी बंकुलबाट खटिएको गस्ती टोलीले शङ्का लागि जाँच गरेको थियो।

प्रहरी सहायक निरीक्षक रमेश यादवको कमाण्डमा खटिएको उक्त टोलीले जाँच गर्ने क्रममा मोटरसाइकलको फिल्टरभित्र लुकाइछिपाई राखिएको अवस्थामा उक्त रकम बरामद गरेको हो।

बरामद गरिएको रकममा एक हजार रुपैयाँ दरका ५९३ थान र पाँच सय रुपैयाँ दरका ८१४ थान नोटहरू रहेका छन्। उक्त स्रोत नखुलेको रकम, मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य, मोतिहारी जिल्ला, घोडसन ग्राम बस्ने अन्दाजी ३३ वर्षीय टुना दास रहेका छन्। उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर