Tuesday, November 3, 2026

पर्सामा मोटरसाइकल चोरी गर्ने क्रममा बाराका युवक पक्राउ

Advertisement
Advertisement

बारा,१६ कात्तिक । पर्सामा मोटरसाइकल चोरी कार्यमा संलग्न रहेको आरोपमा बाराका एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बारा जिल्लाको निजगढ नगरपालिका–११ मा बस्ने २७ वर्षीय राकेश चौधरी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिका–२४ रामगढवा मा बस्ने ३० वर्षीय विकास कुमार कुशवाहाको नाममा दर्ता रहेको मधेश प्रदेश ०३–०३५ प ७१७५ नम्बरको २२० सीसीको रातो–कालो पल्सर मोटरसाइकल चोरी गर्ने क्रममा चौधरी पक्राउ परेका हुन्।

उक्त मोटरसाइकल वीरगञ्ज महानगरपालिका–१६ स्थित लिंकरोड सडकखण्डको छेउमा पार्किङ गरी राखिएको अवस्थामा लक तोडी डोऱ्याउँदै भागिरहेको बेला प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले आइतबार बिहान मोटरसाइकलसहित चौधरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिएका छन्। उनका अनुसार पक्राउ परेका चौधरीमाथि थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर