Tuesday, November 3, 2026

पर्सामा पेस्तोल, गोली र छुरासहित दुई भारतीय नागरिक पक्राउ

Advertisement
Advertisement

पर्सा,१६ कात्तिक । सशस्त्र प्रहरीले पर्सामा पेस्तोल, गोली, छुरासहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

सोमबार सशस्त्र प्रहरी बल, नेपाल बीओपी प्रसौनीभाठाबाट खटिएको टोलीले पर्साको विन्दवासिनी गाउँपालिका–५, प्रसौनीभाठास्थित चेकप्वाइन्टमा चेकजाँच गर्ने क्रममा भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार दुई जनालाई नियन्त्रणमा लिएको हो।

चेकजाँचका क्रममा उनीहरूले बोकेको झोलाभित्र कपडामा लुकाइछिपाइ राखिएको अवस्थामा डोमी पेस्तोल एक थान, डोमी गोली ६ राउण्ड, छुरा तीन थान, नेपाली रुपैयाँ ९ हजार ४००, भारतीय रुपैयाँ २२ हजार ४०, भिभो मोबाइल दुई थान तथा विभिन्न औषधि बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

नियन्त्रणमा लिइएका दुवै जनालाई बरामद सामग्रीसहित आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर