Wednesday, November 4, 2026

बारामा रुखबाट लडेर एक वृद्धको मृत्यु

Advertisement
Advertisement

बारा, १८ कात्तिक । बाराको जितपुरसिमरा उपमहानगरपालिका–४, औराहामा रुखबाट लडेर एक जना वृद्धको मृत्यु भएको छ।

आज  बिहान सोही ठाउँ बस्ने ६४ वर्षीय ज्ञान बहादुर थिङ आफ्नै गोठघर नजिकै दक्षिणतर्फ रहेको बकाइनोको रुखमा चढी घाँस काट्ने क्रममा अचानक लडेर गम्भीर घाइते भएका थिए। घाइते भएका उनलाई उपचारका लागि तत्कालै सिमरा नगर अस्पताल लगिएकोमा अस्पतालका चिकित्सकले जाँच गर्दा मृत घोषणा गरेका थिए।

घटनाको खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट औराहा बाराबाट प्रहरी हवल्दार निरन्जन प्रसाद कुर्मीको कमाण्डमा २ जनाको टोली तत्काल घटनास्थलमा खटिएको थियो।

त्यसैगरी, थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सिमरा बाराबाट प्रहरी निरीक्षक विनोद राज खत्रीको कमाण्डमा सोको सहित ५ जनाको टोली घटनास्थलमा खटि गई आवश्यक अनुसन्धान गरेको थियो।

प्रहरी टोलीद्वारा मुचुल्का कार्य सम्पन्न गरी शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल कलैया ल्याइएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर