Wednesday, November 4, 2026

सशस्त्र प्रहरीद्वारा बारामा १३ लाख भन्दा बढीका अवैध सामान बरामद

Advertisement
Advertisement

बारा,१८ कात्तिक । सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हे.क्वा. बाराअन्तर्गतका विभिन्न इकाइहरूले सीमा क्षेत्रमा गरेको निगरानी तथा चेकजाँचका क्रममा कुल रु. १३ लाख ८४ हजार ६१० बराबरका अवैध सामान बरामद गरेका छन्।

सीमा क्षेत्रमा हुने अवैध चोरी–तस्करी तथा भन्सार छली नियन्त्रण गर्ने उद्देश्यले सञ्चालन गरिएको कारबाहीका क्रममा सी.सु. गुल्म पिपरपाती, बी.ओ.पी. बरैनिया तथा अन्य इकाईहरुबाट कपड़ा , किराना सामान, मकैको बीऊका साथै तस्करीमा प्रयोग भयको मोटर साइकल समेत बरामद गरिएको हो।

सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हे.क्वा. बाराका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक विक्रममणि अधिकारीका अनुसार बरामद गरिएका सामानको कुल मूल्य रु. १३ लाख ८४ हजार ६१० रहेको छ। बरामद सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी वीरगञ्ज भन्सार कार्यालयमा बुझाइयको उहाँले जानकारी दिनुभयो।

सीमा क्षेत्रमा हुने भन्सार छली तथा अवैध चोरी–तस्करी नियन्त्रण गर्ने उद्देश्यले सशस्त्र प्रहरीले नियमित गस्ती, निगरानी तथा चेकजाँचलाई थप प्रभावकारी बनाउँदै आएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर