Friday, September 18, 2026

बारा : घरमा कोही नभएको समयमा चोरी गर्ने एक जना पक्राउ

Advertisement
Advertisement

बारा,२ साउन । बारा प्रहरीले घरमा कोही नभएको बेला चोरी गर्ने एक युवकलाई पक्राउ गरेको छ ।

असार ३० गते आईतबार जिल्लाको कलैया उप-महानगरपालिका वडा नम्बर ०६ पावर हाउस स्थित उपेन्द्र जयसवालको घरबाट कोही नभएको बेला चोरी गरि लैजाँदै गरेको अवस्थामा बोरा खोली चेक जाँच गर्ने क्रममा उक्त समानहरुसहित एक युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका वडा नम्बर १० मटिअर्वा निवासी १८ वर्षीय राहुल सरार्फ रहेको प्रहरीले जनाएको छ l

सरार्फको साथ बाट एल.इ.डी टिभी-१, कपडामा लगाउने आईरन-१, पिलास- १, तोडेको ताल्चा- १, ताल्चाको चावी जस्तो देखिने- १ र दराजको हेन्डल- १ थान समानहरु प्रहरीले बरामद गरेको छ l

सरार्फलाई नियन्त्रणमा लिएर चोरी सम्बन्धी कसुरको मुद्दा दर्ता गरी जिल्ला अदालत बाराबाट ४ दिनको म्याद थप गरी अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर