29.5 C
Kalaiya

Tuesday, September 16, 2025
spot_img
29.5 C
Kalaiya
Tuesday, September 16, 2025

बारामा नक्कली नोट सहित एक जना पक्राउ

spot_img
spot_img

बारा, ४ साउन । बारा प्रहरीले नक्कली नोट सहित एक जना लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका वडा नम्बर २ महुवाही बस्ने अं. वर्ष ३५ को छठु गिरी रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रब्क्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनु भयो ।

Advertisement

गिरीको साथ बाट प्रहरीले नेपाली एक हजारको नोट ८५ वटा गरी ८५ हजार बरामद भएको हो ।

Advertisement

विशेष सूचनाको आधारमा साउन ३ गते ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी टोलिले सिम्रौनगढ नगरपालिका-२ महुवाही स्थित सडक खण्डमा महुवाही बाट नयकाटोल तर्फ जादै गरेको मोटरसाइकल रोकी चेक जाँच गर्दा गिरीको साथ बाट नक्कली नोट बरामद भएको प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिनु भयो ।

Advertisement

उनलाई नियन्त्रणमा लिएर खोटा मुद्रा सम्बन्धि कसूरमा मुद्दा दर्ता गरी जिल्ला अदालत बाराबाट ८ दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर