Sunday, November 1, 2026

सुरक्षालाई चुनौती दिदै : नन्दी महाराजको टाउकोमा लगाईएको चाँदीको दुबै सिंङ भयो चोरी

Advertisement
Advertisement

कलैया। सुरक्षालाई चुनौती दिदै कलैयामा रहेको शिव मन्दिर अगाडी रहेको नन्दी भगवानको टाउकोमा लगाईएको चाँदीको दुबै सिंङ गए राती चोरी भएको छ ।

बाराको सदरमुकाम कलैया–१ मा रहेको राजदेबी मन्दिर नजिकै पश्चिम् शिव मन्दिर अगाडी रहेको नन्दी भगवान(बशाहा) को टाउकोमा लगाईएको चाँदीको दुबै सिंङ चोरी भएको हो ।

चोरले चाँदीको दुबै सिंङ फुटाएर लगेको उधोग बाणिज्य संघ बाराका महासचिव रामअशिष साह कानुले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका अनुसार होटेलमा चोरी गर्ने दुई जनालाई प्रहरीले बिहीबार नियन्त्रणमा लिएको छ ।

यस विषयमा थप अनुसन्धान कार्य प्रहरीले गरिरहेको छ भने चोरहरुको खोजिकार्य भैइरहेको सापकोटाले बताए ।

चोरीबाट जोगाउनलाई चाँदीको दुबै सिंङमा कालो रङ्गले पोलिस गरिएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर