Thursday, June 4, 2026

स्व. स्वर्णकारको परिवारले गरे एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड कलैया शाखामा तालाबन्दी

spot_img

कलैया,१६ मंसिर । बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल स्व. रुपेशकुमार स्वर्णकारको परिवारले विमा दावी भुक्तानी नगरेपछि एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड कलैया शाखामा तालाबन्दी गरेको छ ।

बाल एकता बोर्डिङ स्कुलका प्रबन्ध निर्देशक तथा प्रिन्सिपल सुमोध सरार्फको नेतृत्वमा रहेको टोलीले  ईन्स्योरेन्स शाखा कार्यालयमा कलैयामा तालाबन्दी गरेको हो।

एशियन लाईफ ईन्स्योरेन्स कम्पनीले आम जनतालाई ठग्ने काम गरेको तथा समग्र बिमा ब्यवसायलाई बदनाम गरिरहेको आरोप प्रिन्सिपल सरार्फले लगाए।

आफुहरुले कम्पनीमा बिमा गराएको तर पैसा लिनलाई बिमा प्राधिकरणमा मुद्दा गर्न भनेर त्यसमा पनि निबेदन कम्पनीले नै दिन लगायो उनले भने।  अहिले प्राधिकरणले नभने सम्म नदिने भनेपछि आफु तालाबन्दी गर्न आएको पीडित सर्राफले बताए ।

एशियन ईन्स्योरेन्स कम्पनीले बिमितहरु प्रती गैर जिम्मेवार व्यवहार गरेको उनले आरोप लगाए।

प्रिन्सिपल स्व. स्वर्णकारको मृत्युको करिब १३ महिना हुन लाग्दा पनि कम्पनिले कुनै पनि चासो नदिएकाले बाध्य भएर तालाबन्दी गरिएको उनको कथन छ।

पिडितको पैसा नदिने अनि आफ्नो कलैया शाखाका प्रमुख सहित अन्य कर्मचारीलाई त्यही बिमा गराएको पुरस्कार स्वरुप अन्तरराष्ट्रिय भ्रमण गराउन थाइल्यान्ड घुमाउन गैरहेको प्रति उनले दुखसो पोखे ।

स्वर्गीय रुपेश कुमार स्वर्णकारले एशियन लाईफ ईन्स्योरेन्स कम्पनी कलैया शाखामा २०७७ चैत्र ३१ गते ५ लाखको बार्षिक धनलाभ बिमा गराएका थिए । ८३२१०००१५९२ बिमा लेख नम्बर रहेको उनको मृत्यु दाबी भुक्तानी कम्पनीले नगरिदिदा अन्य बिमितहरु समेत त्रसित भएका छन ।

गत आर्थिक वर्ष २०८० कार्तिक १३ गते बाराको कलैया उपमहानगरपालिका–६ मा रहेको बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल  स्वर्णकारको कलैयामा दिउँसै गोली प्रहार गरी हत्या गरिएको थियोे।

यता यस विषयमा ईन्स्योरेन्स कम्पनी कलैया शाखाका प्रमुख प्रकाश कुमार गुप्तासंग बुझ्दा बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल स्वर्णकारको फाईल प्रक्रियामा रहेको बताएका छन् ।

बिमा प्राधिकरणमा स्व. स्वर्णकारको निवेदन बिचाराधीन अवस्थामा रहेको उनले बताए । ईन्स्योरेन्स कम्पनी बिमा प्राधिकरणको अधीनमा रहेर चल्ने गरेको समेत उनले बताए ।

एशियन लाईफ ईन्स्योरेन्स कम्पनीले बिच बीचमा कर्मचारीहरुलाई ट्रेनिङको लागि विदेश भ्रमणमा पठाउने गरेको छ, आफू त्यही ट्रेनिङमा सहभागी हुन मंसिर १७ गते सोमबार विदेश जादै छु उनले भने ।

बिमा प्राधिकरणको नियम अनुसार जुन दिन भन्छ त्यही दिन स्व. स्वर्णकारको बिमा बापतको पैसा ईन्स्योरेन्स कम्पनीले दिने उनले बताए। हामीले पहल गर्दै छौँ,केही समय अझ लाग्ने कलैया शाखाका प्रमुख गुप्ताले बताएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर