Wednesday, September 23, 2026

बारा : तीन वर्षीय बालकको मृत्यु पानीमा डुबेर भएको पुष्टि

Advertisement
Advertisement

बारा, २९ माघ। बारा प्रहरीले जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ शान्ति टोलबाट बेपत्ता भएका तीन वर्षीय अंश चौधरीको मृत्यु पानीमा डुबेर भएको पुष्टि गरेको छ ।

माघ १७ गते देखि वेपत्ता भएका रितेश चौधरीका छोरा अंशको माघ २६ गते जीतपुर स्थीत बारा र पर्साको सिमाना कियासोती खोलामा घोप्टो परेको अवस्थामा शव फेला परेको थियो। जिल्ला प्रहरी कार्यालय बाराका प्रबक्ता प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले बालकको मृत्यु डुबेर भएको पुष्टि गरेका हुन।

प्रहरी नायब उपरिक्षक सापकोटाले पोष्टमार्टम रिपोर्टले बालकको मृत्यु डुबेर भएको पुष्टि गरेको बारा अपडेटलाई जानकारी दिए।

यता बालकको परिवारजनले बालक अंशको डुबेर मृत्यु भएको नभई हत्या भएको आरोप लगाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर