Saturday, September 26, 2026

ठुलो मात्रामा चरेस सहित एकजना वीरगन्जबाट पक्राउ

Advertisement
Advertisement

कलैया, ०२ फागुन । ठुलो मात्रामा अबैध लागुऔषध चरेस सहित जिल्ला प्रहरी कार्यालय पर्साले एकजनालाई पक्राउ गरेको छ।

पर्साको वीरगन्ज महानगरपालिका वडा नं १६ चालिस फिट्टे सडकखण्डमा अस्थायी प्रहरी पोस्ट इनर्वा गाउँबाट खटिएको प्रहरीको टोलीले नेपालबाट भारततर्फ लैजाँदै गरेको साढे ११ किलो चरेस सहित एकजनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सर्लाहीको विष्णु गाउँपालिका वडा नं ४ मधुवनगोठ बस्ने ४५ वर्षिय सुधिर कर्ण रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक किशोर लम्सालले जानकारी दिए।

कर्ण रातो रंगको डिब्बा माथि खाने घ्यू राखि रातो प्लास्टिकको सानो सानो पोका बनाई लुकाई छिपाई साढे ११ किलो अबैध लागुऔषध चरेस ओसारपसार गर्दै थिए।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर