32 C
Kalaiya

Tuesday, July 1, 2025
32 C
Kalaiya
Tuesday, July 1, 2025

spot_img

धामी झाँक्रीमा विस्वास गरी अस्पताल नलगेपछि आदर्श कोटवालमा १७ वर्षिय बालकको मृत्यु

spot_img
spot_img
spot_img
Advertisement

कलैया, ११ फागुन। बारामा सर्पको टोकाइबाट शनिबार एकजना बालकको मृत्यु भएको छ।

Advertisement
Advertisement

जिल्लाको आदर्श कोटवाल गाउँपालिका वडा नं ४ हरनैयामा सर्पले टोकेपछि आफन्तहरुले धामी झाँक्रीमा लगेपछि समयमै उपचार नपाएर अन्दाजी १७ वर्षिय बालकको मृत्यु भएको हो।

Advertisement
Advertisement

मृतक बालकका बुवा आदर्श कोटवाल गाउँपालिका वडा नं ४ हरनैया बस्ने अन्दाजी ४७ वर्षिय राजेश शर्मा अहिले कावर यात्रामा निस्केका छन्। उनी घरमा नहुँदा छिमेकीहरुले अस्पताल नलैजाउ धामी झाँक्री कहाँ लैजाउ भनेपछि धामी झाँक्रीमा लैजाँदा शर्माको छोराको मृत्यु भएको एकजना स्थानीय धर्मेन्द्र ठाकुरले जानकारी दिए।

बिस्तारै शिक्षित हुदै गएको समाजमा यस्तो घटना घट्नु दुःखद रहेको सर्प उद्दारकर्मी दिपक नेपाल बताउंछन्। उनी भन्छन्, ”हाम्रो समाजमा अहिले पनि यस्तो घटना भईरहेको छ। मैले पटक पटक आग्रह गर्ने गर्या छु सर्प टोक्यो भने अस्पताल लैजानु होला तर अहिले पनि समाजमा बिकृती रहेको छ। यो दुःखद कुरा हो।”

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर