Sunday, June 28, 2026

होलीमा नियम विपरीत चलाउने ६० भन्दा बढी मोटरसाइकल बारा प्रहरीको नियन्त्रणमा

कलैया,०१ चैत । बारा प्रहरीले होलीमा नियम विपरीत सवारीसाधन चलाउने  ६० भन्दा बढी मोटरसाइकललाई नियन्त्रणमा लिएको छ।

जिल्लाको विभिन्न स्थानबाट ६० भन्दा बढी मोटरसाइकल प्रहरीद्वारा नियन्त्रणमा लिइएको हो।

होलीमा एउटै मोटरसाइकलमा दुई जना भन्दा बढी चढेको,हेलमेट नलगाई मोटरसाइकल चलाएको,अत्याधिक गतिमा मोटरसाइकल कुदाएको,मापसे गरेर चलाएको मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक बिजयराज पण्डितले जानकारी दिएका छन्।

जिल्लाको अवस्था अहिलेसम्म सामान्य रहेको भन्दै सम्भावित दुर्घटना रोक्न मोटरसाइकल नियन्त्रणमा लिएको प्रवक्ता पण्डितले बताए।नियन्त्रणमा लिएको मोटरसाइकललाई दिनभरि प्रहरी कार्यालयमा राखी सम्झाइ बुझाइ सवारीधनीको जिम्मा दिने गरेको उनले बताए ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर