30.7 C
Kalaiya

Wednesday, June 25, 2025
30.7 C
Kalaiya
Wednesday, June 25, 2025

spot_img

निर्मल निवासमा बस्दा त यस्तो उत्पात मच्चाउनेले नारायणहिटीमा नै भए के सम्म गर्थे होलान ? : गगन थापा

spot_img
spot_img
spot_img
Advertisement

काठमाडौं, २८ चैत । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राजा बिरेन्द्रको पारिवारिक बंशनाश हुदाँ १३ दिन कपाल खोरिएर शोक मनाएको जनाएका छन् । माता पीता जिउँदै रहदाँ पनि कहिल्यै कपाल नखौरेको बेला आफुले कपाल खौरेर बिरेन्द्रको बंशनाशमा शोक मनाएको जनाउँदै थापाले शितल निवासमा बसेर उत्पात मच्चाउने काम भएको जनाएका हुन् ।

Advertisement
Advertisement

‘राजा बिरेन्द्रको बंशनाश हुदाँ १३ दिन कपाल खौरिने मै हुँ, जुन बेला गिरिजाबाबुले ढुंगामुढा खाइरहनु भएको थियो, राजसंस्था प्रति त्यस्तो सम्मान थियो’ थापाले भने, ‘तर, अहिले शितल निवासमा हुदाँ त काठमाडौंमा यत्रो उत्पात मच्चाउने काम भएको छ, नारायणहिटीमा नै भएको भए त के हुन्थ्यो, कल्पना गर्नु त ।’

Advertisement

नेपाली कांग्रेसले संबैधानिक राजसंस्था प्रति सदैव सम्मान गरेको तर राजाहरूलाइ नपचेको उनले जनाएका छन । ‘बिपी कोइराला माथी राजद्रोहसहित ७–७ मुद्दा लाग्दा पनि बोकेर हिडनु भयो, गिरिजाबाबुले ढुंगामुढा खाँदा पनि संबैधानिक राजसंस्था भन्नु भयो तर राजाले के गरे त भने उल्टै कांग्रेसलाइ नै दुःख दिने काम गरयो ।’

उनले राजतन्त्र फर्कने कुनै सम्भावना नरहेको भन्दै नेता मन नपरे परिवर्तन गर्न सकिने ५ बर्षे ब्यवस्था छ, सोही ब्यवस्थामा टेकेर असल नेताहरू छान्ने कामतर्फ लाग्यौं । ‘कतिसम्म राजाको बिरूद्द किताव लेख्ने मेरै क्षेत्रका नवराज सुबेदीलाई उचालेर राजाले उपद्रो मच्चाउन लगाए, योवाटै बुझिन्छ कि राजतन्त्र फर्कियो भने के हुन्छ ?’ उनको प्रश्न थियो । गणतन्त्रको विकल्प नभएको भन्दै सबैलाई सामाजिक सञ्जालवाट भए पनि जनचेतना जगाउन उनले आग्रहसमेत गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर