Monday, August 10, 2026

नगर प्रमुख जीवन रक्षा कार्यक्रम अन्तर्गत पचरौता नगरपालिकामा बृहत रक्तदान कार्यक्रम सम्पन्न

कलैया, ८ वैशाख। बाराको पचरौता नगरपालिकामा नगर प्रमुख जीवन रक्षा कार्यक्रम अन्तर्गत सोमबार बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नगरपालिका कार्यालयमा भएकाे रक्तदान कार्यक्रममा एक महिलासहित ६० जनाले रक्तदान गरेका छन् ।

नगरपालिकाका मेयर जलन्धर सिंहले बारा पर्साका ब्लड बैंकहरुमा देखिएको रगतको अभावलाई कम गर्न, मानिसहरूलाई रक्तदानको महत्त्व बुझाउन र दान गर्नुपर्छ भन्ने भावना जगाउने उदेश्यले उक्त रक्तदान कार्यक्रम गरेको बताए। उनले अहिलेको परिस्थितिमा यस्तो रक्तदान कार्यक्रमहरुले बिरामीहरुलाई सहयोग पुग्ने बताए।

नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा आयाेजित रक्तदान कार्यक्रममा पालिकाका शिक्षक, कर्मचारी, डॉक्टर लगायत विभिन्न संघसंस्था कर्मचारीहरुले रक्तदान गरेका हुन् ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर