Saturday, August 1, 2026

प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच टेलिफोन संवाद

कलैया, १० वैशाख। प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन संवाद गरेका छन् ।

जम्मु कश्मिरमा आतंकवादी समूहले गरेको हमलापछि भारतका प्रधानमन्त्री मोदीसँग प्रधानमन्त्री ओलीले संवाद गरेका हुन् । टेलिफोनमा संवाद गर्दै पहलगाम आतंकवादी हमलाप्रति प्रधानमन्त्री ओलीले दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले सामाजिक संजाल एक्समार्फत टेलिफोन संवाद भएको जानकारी दिएका छन।

उनले नेपाली नागरिकको समेत ज्यान गएको उक्त घटनापछि भारत सरकारको तर्फबाट देखाइएको समवेदनाप्रति समेत धन्यवाद दिएका छन् । प्रधानमन्त्री ओलीले मोदीसँगको संवादमा आतंकवादी हमलमाको कार्यविरुद्ध नेपालको ऐक्यबद्धता रहेको बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर