33 C
Kalaiya

Tuesday, July 1, 2025
33 C
Kalaiya
Tuesday, July 1, 2025

spot_img

कलैया वितरण केन्द्रले ६० दिनसम्म विद्युत महसुल नबुझाउने ग्राहकहरुको लाईन धमाधम काट्दै

spot_img
spot_img
spot_img
Advertisement

कलैया, २२ बैशाख। नेपाल विद्युत प्राधिकरण कलैया वितरण केन्द्रले मिटर रिडिङ गरेको ६० दिनसम्म विद्युत महसुल नबुझाउने ग्राहकहरुको लाईन धमाधम काट्दै छ।

Advertisement
Advertisement

एक सुचना जारी गर्दै केन्द्रले नेपाल विद्युत प्राधिकरणको विद्युत महसुल संकलन विनियमावली अनुसार मटिर रिडिङ भएको ६० औं दिनसम्म विद्युत महसुल नबुझाउनेहरुको लाईन धमाधम काटिरहेको जनाएको हो।

Advertisement
Advertisement

महसुल नतिरेका ग्राहकहरुको लाईन काटिए पश्चात अतिरिक्तमा २५ प्रतिशत जरिवाना र काटिएको लाईन जोड्नको लागि ८ सय ४७ रुपैयाँ ५० पैसा समेत बुझाउनु पर्ने सुचनामा जनाएको छ। त्यसैले केन्द्रले मिटर रिडिङ भएको ७ दिनभित्र महसुल तिरेर २ प्रतिशत छुट पाउन जानकारी गराएको हो।

विद्युत महसुल संकलन विनियमावली २०७८ मा भएको व्यवस्था: मिटर रिडिङ भएको ७ दिनभित्र महसुल बुझाएमा २ प्रतिशत छुट दिने, ८ दिनदेखि १५ औं दिनसम्म महसुल बुझाएमा बिल अनुसार बुझाउनु पर्ने, १६ औं देखि ३० दिनसम्म विद्युत महसुल बुझाएमा ५ प्रतिशत थप दस्तुर लाग्ने, ३१ औं दिनदेखि ४० औं दिनसम्म विद्युत महसुल बुझाएमा १० प्रतिशत थप दस्तुर लाग्ने र ४१ दिनपछि बुझाएमा २५ प्रतिशत थप दस्तुर लाग्ने व्यवस्था रहेको छ।

यस्तै ग्राहक नम्बरको (SC No) 002.15.125A भएको ग्राहकको बिचको अंकले १५ गते मिटर रिडिङ हुने दिन जनाउँछ ।

सुचना

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर