Thursday, June 4, 2026

प्रतिनिधिसभाको बैठक बस्दैँ, गृहमन्त्रीको राजीनामा प्रतिपक्षी दलको बटमलाईन

spot_img

काठमाडौं, १४ जेठ । प्रतिनिधिसभाको बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजे बस्नेछ । हिजो बस्ने भनिएको बैठक सूचना टाँस गरेर आज बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो । भिजिट भिषा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजिनामा दिनुपर्ने तथा स्वतन्त्र छानबिन आयोग बनाउनु पर्नु भन्दै प्रतिपक्षी दलले संसदमा अबरोध गरेका थिए।

हिजो बिहान बैठक सुरू भएलगत्तै नेकपा माओवादी केन्द्र, रास्वपा र राप्रपा लगायतले गृह मन्त्री लेखकको राजिनामा माग गरेका थिए। राजिनामा नदिएसम्संम सद चल्न नदिने भनिए पछि पहिलो पटक ३० मिनेटका लागि स्थगित गरिएको बैठक दिऊँसो २ः३० बजे बस्ने भनिएको थियो।

सो समय सिमा भित्र पनि बैठक बस्न नसके पछि सुचना टाँस गरेर आज ११ः०० बजेसम्मका लागि स्थगित गरिएको हो। भोली आर्थिक बर्ष २०८२/८३ को बार्षिक बजेट पेश गर्नु अघि हिजो उपप्रधान तथा अर्थ मन्त्री बिष्णुप्रसाद पौडेलले आर्थिक सर्बेक्षण प्रस्तुत गर्ने कार्यसुची थियाे ।

प्रतिपक्षले संसद अबरोध गरे पछि हिजो प्रस्तुत गर्न नसकिएको आर्थिक सर्बेक्षण आज प्रस्तुत गरिने भएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर