Sunday, July 19, 2026

हवारीले संचालन गरेको गोठबाट भंसार छलीका समान सशस्त्र प्रहरीको नियन्त्रणमा

वीरगन्ज, २३ जेठ। सशस्त्र प्रहरी बल पर्साले भंसार छली बेवारिसे अवस्थामा भण्डारण गरी राखिएको समान नियन्त्रणमा लिएको छ।

जिल्लाको वीरगन्ज महानगरपालिका वडा नं ८ गहवाटोल स्थित मुना हवारीले संचालन गरेको गाई गोठमा विभिन्न किसिमका चकलेट बेवारिसे अवस्थामा भण्डारण गरी राखिएको छ भन्ने विशेष सुचनाको आधारमा शुक्रबार सशस्त्र प्रहरी बल, नेपाल प्रहरी सीमा सुरक्षा गुल्म वीरगन्ज र वीरगन्ज भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो।

प्रहरीले ४ लाख ८ बराबरको विभिन्न किसिमका चकलेट, खजुर, स्प्रे पेन्ट नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सारमा पठाएको सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्र बहादुर सिंहले जानकारी दिए।

 

 

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर