Thursday, June 4, 2026

प्रतिनिधिसभा बैठक भोली ३ बजेसम्मका लागि स्थगित

spot_img

काठमाडौं, २८ जेठ । प्रतिनिधिसभाको बैठकलाई प्रतिपक्षले अबरोध गरे पछि भोलीसम्मका लागि स्थगित भएको छ।सभामुख देवराज घिमिरेले बिहिवार दिऊँसो ३:०० बजेसम्मका लागि स्थगित गरेका हुन्। संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक अपराह्न १ः०० बजे बस्ने गरी समय निर्धारण गरिए पनि ढिलो गरि सुरू भएको बैठक प्रतिपक्षले अबरोध गरेका थिए।

आजको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२र८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची थियो।

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२ ’ पेस गर्ने कार्यसूची थियो। प्रमुख विपक्षीलगायतका प्रतिपक्षी दलको निरन्तर अवरोधका कारण संसदको बैठक जेठ १३ गते देखी नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन् ।

उनीहरूले भिजिट भिषा प्रकरणमा गृहमन्त्रि रमेश लेखकले राजिनामा दिनुपर्ने तथा छानविन समिति बनाउनु पर्ने मुख्य माग राखिराखेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर