Thursday, June 4, 2026

भिजिट भिषा प्रकरण छानबिन बारे रास्वपाले भन्यो, ‘जसमाथी छानबिन हुनु पर्ने हो, उही संयोजक बनाइयो’

spot_img

काठमाडौं, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टीले पुर्व मुख्यसचिव शंकरनाथ बैरागी नेतृत्वको छानबिन समिति अस्विकार गरेको छ। सरकारले अध्यागमन र भिजिट भिसा प्रकरणमा छानबिन गर्न बैरागीको नेतृत्वमा समिति गठन गरेको भोलिपल्ट अस्विकार्य भएको जनाएको हो ।

सो समितिलाई अमान्य घोषणा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले सदन बहिष्कार गरे पछि बोल्दै रास्वपा उपसभापति स्वर्णिम वाग्लेले भने, ‘जो माथी छानबिन हुनु पर्ने हो, उसैलाई छानबिन समितिको संयोजक बनाए पछि हामीले अस्विकार्य भनेका हौं ।’ उनका अनुसार प्रतिपक्षी दलको आवाज सरकारले नसनेकाले रास्वपाले पनि सत्ता पक्षको आवाज नसुन्ने भन्दै संसद बैठक बहिस्कार गर्नु परेको हो ।

संसद बैठक सुरु भएपछि गृहमन्त्री रमेश लेखकले छानबिन समिति गठनबारे संसदलाई जानकारी गराएका थिए । सो पश्चात रास्वपाका डा. स्वर्णिम वाग्ले र राप्रपाका ज्ञानेन्द्र शाहीले बोल्दै असहमति जाहेर गरेर उनीहरू संसदवाट बाहिरिएका हुन् ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर