Saturday, August 1, 2026

रवि लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध भएको भन्दै बारामा हस्ताक्षर अभियान,जीतपुरसिमराका मेयर पौडेलले पनि गरे हस्ताक्षर

कलैया, १७ असार। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेविरुद्ध भएको भनिएको राजनीतिक प्रतिशोधको विरोधमा हस्ताक्षर अभियान बारामा पनि सुरु गरेको छ ।

हस्ताक्षर अभियानमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले समेत साथ दिएका छन। मेयर पौडेलले लामिछानेको समर्थनमा हस्ताक्षर अभियानमा हस्ताक्षर गरेका हुन । उनले हस्ताक्षर गर्दै लामिछानेमाथि राज्यले राजनीतिक प्रतिशोध साँधेको बताएका छन ।

उनले लामिछानेविरुद्ध भइरहेको कार्यप्रणाली अस्वाभाविक र नियतवश भएको समेत दाबी गरेका छन।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर