Tuesday, June 30, 2026

एमालेका मन्त्रीहरुले दिए राजीनामा, प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा

बारा, १९ असार । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै मन्त्रीहरुले राजीनामा दिएका छन । एमालेका मन्त्रीहरुले प्रधानमन्त्रीलाई भेटेर सामुहिक रुपमा राजीनामा बुझाएका हुन ।

प्रचण्ड नेतृत्व सरकारमा एमालेबाट उपप्रधान तथा भौतिक पूर्वाधार एवं यातायातमन्त्री रघुवीर महासेठ, कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साह, रक्षामन्त्री हरिप्रसाद उप्रेती, कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, खानेपानीमन्त्री राजेन्द्रकुमार राई, महिला र बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी रहेका छन ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर