Monday, June 22, 2026

रौतहटमा १ हजार ७ सय वटा भारतीय चल्ला सशस्त्र प्रहरीद्वारा बरामद

रौतहट,२१ असार । रौतहटस्थित सशस्त्र प्रहरीको गस्ती टोलीले ठूलो परिमाणमा प्रतिबन्धित भारतीय कुखुराको चल्ला बरामद गरेको छ।

सशस्त्र प्रहरी बल ११ नम्बर हेडक्वाटर रौतहटबाट गएको टोलीले परोहा नगरपालिका-८ कबिर चोकबाट भारतीय कुखुराको चल्ला बरामद गरेको हो।

भारतका केही व्यापारीले ल्याएको एक लाख ७० हजार मूल्य बराबरको १ हजार ७०० थान कुखुराको चल्ला बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद चल्लालाई जिल्ला कुखुरा व्यवसायी किसान संघको रोहवरमा खाल्डो खनी पुरेर नष्ट गरिएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईंले बताए।

सशस्त्र प्रहरीको टोली देखेपछि व्यापारी फरार भए पनि उनीहरूले प्रयोग गरेको बिआर ०५ एम ५११७ नम्बरको प्लाटिना मोटरसाइकललगायत साइकलहरू बरामद गरिएको एसपी हुमागाईंले जानकारी दिएका छन्।

बरामद सवारीसाधन आवश्यक कारबाहीको लागि भन्सार कार्यालय गौरमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर